थाहा पाउनुहोस् बलिउडका रियल सासु बुहारीको सम्बन्ध कस्तो !

  • | मंगलबार, २२ फागुन, २०७४
  • | 3 years ago

हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ । आज हामी बलिउडका यी नायिकाहरुको बारेमा कुरा गर्न गइरहेका छौं जसको आफ्नो सासुसँग राम्रो सम्बन्ध छ ।


१. करिना कपुर र शर्मिला टैगोर


बलिउडकै सम्भवत् सबैभन्दा धेरै फेसनेवल साुसु–बुहारी मानिन्छ करिना कपुर र सर्मिला टैगोरलाई । यो सासु–बुहारी कोसम्बन्ध धेरै नै राम्रो छ । करिना आफ्नो सासुलाई अम्मा भनेर सम्बोधन गर्छिन् । यो जोडीको राम्रो मेलमिलाप मात्रै छैन उनीहरु एक अर्कासँग सार्वजनिक कार्यक्रममा पनि गफ गरेर बसिरहन्छन् ।


२. ऐश्वर्या राय बच्चन र जया बच्चन


जया बच्चन ऐश्वयाको सरंक्षण र उनीमाथि गर्व दुवै गर्छिन् । मिडियामा धेरै पटक यी दुई सासु–बुहारीको सम्बन्ध राम्रो नभएको र मनमुटाव रहेको समाचार आउने गरेपनि पनि वास्तवमा यी दुई एक अर्कालाई धेरै माया गर्छन् । एक अन्तवार्तामा जयाले ऐश्वर्याले घरमा सबैलाई सम्मान गर्ने बताएकी छन् ।


३. रानी मुखर्जी र पामेला चोपडा


रानी मुखर्जीले निर्देशक आदित्य चोपडासँग गुपचुप विवाह गरपछि पहिलोपटक सार्वजनिक रुपमा सासु पामेलासँग देखिएकी थिइन् ।रानी र पामेलालाई धेरै समारोहहरुमा सँगै देखिने गरेको छ । एक अन्तवार्तामा पामेलाले भनेकी छिन् कि रानीको सबैभन्दा विशेष कुरा भनेको उनले आदर गर्छिन र हाम्रो धेरै राम्रो सम्बन्ध छ ।


४. काजोल र विना देवगन


काजोलको पनि आफ्नो सासु विना सँगको सम्बन्ध धेरै राम्रो छ । दिलवाले फिल्मको सुटिङमा काजोल बुल्गेरियामा हुदा विनाले नाति युग र नातिनी न्येसाको राम्रो हेरविचार गरेकी थिइन् । जब काजोल सुटिङमा व्यस्त हुन्छिन् त्यतिखेर उनको सासुले उनको बच्चाहरुको हेरविचार गर्छिन् ।


५ जेनेलिय डिसुजा र वैशाली देशमुख


जेनेलिया र वैशालीको पनि धेरै राम्रो सम्बन्ध छ । धेरैजसो क्षेत्रिय फिल्मको स्क्रिनिङमा उनीहरु सँगै देखिन्छन् ।


६. सोनाली बेन्द्रे र मधु वेहल


बलिउड नायिका सोनाली बेन्द्रे पनि आफ्नो सासुसँग राम्रो व्यवहार गर्ने नायिकामा गनिन्छिन् । उनी त आफ्नो सासु मधु वेहललाई आफ्नै आमा समान मान्छिन् । धेरै पटक यी दुईको सँगै साथि जसरी नै समय बिताउँछन् ।