रानीले श्रीदेवीको निधनले आफू निकै दुखी भएको भन्दै गरिन् यस्तो निर्णय

  • | शुक्रबार, १८ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडकी चाँदनी श्रीदेवीको मृत्युले धेरैलाई भावविह्वल बनाएको छ । ५० वर्ष काटिसकेपनि उस्तै सुन्दर, उस्तै हसिली श्रीदेवी अब हामी कसैको माझ रहिनन् ।

 

उनको निधनले बलिउड निकै नै पीडामा छ । यस्तैमा अभिनेत्री रानी मुखर्जीले चर्चित अभिनेत्री श्रीदेवीको मृत्युले आफू निकै दुखी भएको भन्दै जन्म दिन नमनाउने घोषणा गरेकी छन्।

 

रानीले अभिनेत्री श्रीदेवीसँग आफ्नो घनिष्ट सम्बन्ध रहेकाले यो दुखद घडीमा जन्म दिन मनाउनुको कुनै अर्थ नरहेको बताएकी छन्।

 

श्रीदेवी आफ्नो मन पर्ने कलाकार मात्र नभएर एक असल मित्र पनि भएको भन्दै उनले दुख व्यक्त गरेकी छन्। उनले भनेकी छन्,’ बलिउडले एक असल कलाकार गुमाएको छ, यसको क्षतिपूर्ति गर्ने कुनै ठाउँ छैन।

 

यही आउँदो मार्च २१ गते उनको ४० अौं जन्म दिन परेको छ।अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण फागुन ११ गते राति दुबईमा निधन भएको थियो।