श्रीदेवीको ‘फरेन्सीक रिपोर्ट’ भन्छ, उनको मृत्यु डुबेर भएको हो

  • | सोमबार, १४ फागुन, २०७४
  • | 3 years ago

नयाँ दिल्ली । श्रीदेवीको ‘फरेन्सीक रिपार्ट’ बाहिरिएको छ । रिपोर्टको अनुसार उनको मृत्यु दुर्घटनाबश डुबेर भएको बताइएको छ ।

 

उक्त जानकारी ‘एएनआई’ ले दिएको हो । दुबईको एक पत्रिकाको अनुसार श्रीदेवीको पार्थिब शरीर आज ८ बजेसम्ममा मुम्बई लगिने छ ।

 

‘एएनआई’ को अनुसार ‘फरेन्सीक रिपार्ट’ सम्बन्धी औपचारिकता लगभग पूरा भएको छ । तर पारिवारिक स्रोतबाट हालसम्म कुनै पनि सुचना बाहिरिएको छैन । पहिले उनको मृत्युको कारण ‘कार्डियक अरेष्ट’ बताइएको थियो ।