बलिउड अभिनेत्री श्रीदेवीको निधन

  • | आइतबार, १३ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड नायिका श्रीदेवीको निधन भएको छ । शनिबार राति दुबाईमा उनको हृदयघातको कारण निधन भएको हो । यसको पुष्टी श्रीदेवीका देवर सन्जय कपुरले गरेका हुन् । बलिउडकी पहिलो सर्वोत्कृट महिला नायिकाको निधन भएपछि बलिउडमा सुनै सन्नाटा छाएको छ ।

 

निधनको पुष्टी गर्दै श्रीदेवीकी देवर सन्जयले भने ‘हो उनको निधन भएको हो । सोही घटनाको कारण म दुबाई आएको हुँ’

 

घटना शनिबार राति स्थानीय समयअनुसार ११ बजेदेसी साढ् ११ बजेको बीचमा भएको हो । निधनको समयमा श्रीदेवीको साथमा उनको पति बोनी कपुर तथा छोरी खुसी रहेकी थिइन् ।

कपुर परिवारको सम्पूण सदस्य यतिखेर दुबाईमा रहेका छन् । उनीहरु मोहित मार्वाको विवाहको लागि दुबाई पुगेका थिए ।

 

श्री देवी सन् १९६३ को अगष्ट महिनामा भारतको तामिल नाडुमा जन्मेकी थिइन् । उनी फिल्मी अरिअरमा सन् १९६७ देखि १९९७ सम्म सक्रिय रुपमा लागेकी थिइन् साथै सन् २०१२ देखि फिल्म उद्योगमा कमब्याक गरेकी थिइन् ।

 

फिल्मी करिअरको शुरुवातमा श्रीदेवीले तामिल, तेलेगु, मालायालाम तथा कानन्द फिल्म उद्योगमा काम गरेकी थिइन् । उनले सन् १९७५ मा पहिलो पटक बलिउड फिल्म खेलेकी थिइन् । बच्चाको भूमिकामा उनी ‘जुली’ फिल्ममा देखिएकी हुन् । उनी भारतको ठूलोमध्यको एक कलाकार हुन् ।

 

उनले चारतको चर्चित अवार्ड पद्माश्री (सन् २०१३) पनि पाइसकेकी छिन् ।