अभिषेक र ऐश्वर्यालाई ११ वर्षको पर्खाइपछि मिल्यो यस्तो खुशी, तर जयाले गरिन् यस्तो ‘रियक्ट’

  • | मंगलबार, ८ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी । विभिन्न कारणले चर्चामा आइरहने ऐश्वर्या राय बच्चन पुनः एकपटक भारतीय सञ्चार माध्यमहरुमा छाएकी छिन् । पारिवारिक विवादका कारण पछिल्लो पटक ऐश्वर्यासँग अभिषेक पनि घर छोडेर फ्ल्याटमा सर्न लागेको बताइएको थियो


भारतीय सञ्चार माध्यमको अनुसार ऐश्वर्या र जयाबीचको सम्बन्धमा फेरि चिसोपना आएको छ जसको कारण ऐश्वर्या र अभिषेक छिट्टै घर छोड्दैछन् र नयाँ फ्ल्याटमा सर्दैछन् ।



केहि समय पहिले अभिषेक बच्चनको पाकिस्तान समर्थक तुर्कीको साइबर टीमले अकाउन्ट ह्याक गरिदिएपछि उनी तनावमा रहेका छन् ।

 


अभिषेक पछिल्लो समय निकै फुर्सदिला भएका थिए । उनलाई कुनै राम्रो फिल्ममा अफर आएको पनि थिएन । तर भर्खरै अभिषेकलाई फिल्म बच्चन सिंहमा लिड रोल मिलेको छ । जसको शुटिङ ५ जुन देखि हुनेछ । जसको कारण अभिषेक निकै खुशी देखिन्छन् ।

 


यस फिल्म निर्देशक प्रियदर्शनसँगको अनुसार यो फिल्म पारिवारिक कमेडीमा आधारित फिल्म हो । अभिषेकले पहिले पनि थुप्रै कमेडी फिल्ममा काम गरिसकेका छन् । भने उनले पूरा ११ वर्षपछि सिङ्गल भूमिकामा फिल्म खेल्दैछन् ।

 

उनले उक्त फिल्म खेल्ने भएपछि आमा जया बच्चन निकै खुशी भएको प्रतिकृया जनाएकी छिन् ।