पहिलो पटक रानी मुखर्जीले खोलिन् यस्तो राज, भनिन्, मेरो पतिलाई मतलब छ त मात्र........

  • | शनिबार, ५ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडकी अभिनेत्री रानी मुखर्जीलाई नचिन्ने कमै मानिस हुनुहुन्छ होला । जसका थुप्रै हिन्दी फिल्महरु अझै पनि धेरै मानिसको मन र मुटुमा बसेको छ ।

 

तिनै अभिनेत्री रानी बिहेपछि भने केहि समय हराइन् भने उनको बच्चा भइसकेपछि झन् केहि समय बलिउड दुनियाँबाट नै हराइन् । तर केहि समयपछि उनी पुनः पर्दामा नजर आइन् ।

 

भने अहिले उनी फिल्म ‘हिचकी’ मार्फत बलिउडमा धमाका गर्ने धेरैको अनुमान छ । उनी उक्त फिल्मको प्रोमोशनमा व्यस्थ पनि उत्तिकै छिन् हिजो आज ।


यसै सिलसिलामा उनले आफ्ना पति आदित्य चोपडाको बारेमा पनि केहि राज खोल्न भ्याइन् । उनका अनुसार आदित्य चोपडालाई मात्र तीन चीज निकै महत्वपूर्ण लाग्छन् ती मध्ये एक फिल्म, खाना र तेस्रो कुरा भने उनले खोल्न चाहिनन् ।