सैफ अलीकी छोरी साराको डेब्यू अघि नै ‘करीअर’मा लाग्यो धक्का

  • | बिहीबार, ३ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी  । अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरिरहेकी छिन् ।


साराले अभिनय गर्ने फिल्म ‘केदारनाथ’ यतिबेला मुस्कीलमा परेपछि साराको बलिउड यात्रा रोकिन सक्ने भएको छ ।

 

फिल्म केदारनाथका निर्माता र निर्देशक बीचमा मनमुटाब भएको छ । जसका कारण फिल्मको छायांकन नै रोकिएको छ । निर्माता र निर्देशक बीचको झगडाले फिल्मबाट डेब्यू गर्न लागेकी सारालाई निकै तनावमा पारेको छ ।

 

यस फिल्मका निर्देशक अभिषेक कपूरले फिल्मका अन्य सदस्यलाई जानकारी नै नदिएर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेपछि विवाद भएको हो । उनले फिल्मको पोष्टरमा फिल्मको प्रदर्शन मिति २१ डिसेम्बर २०१८ लेखेका थिए ।

 

निर्देशक कपूरले प्रोडक्शन हाउससँग यसरी बिना कुनै सहमति फिल्म प्रदर्शन मिति सार्वजनिक गरेपछि यस फिल्मका निर्माताले फिल्मको छायांकनलाई रोकिदिएका छन् ।फिल्म ‘केदारनाथ’मा सारा अली खान र सुशान्त सिंह राजपुतलाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको छ ।