चर्चा आलिया र रणवीर कपूरको ‘अफेयर’को...

  • | बिहीबार, ३ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूरको प्रेम सम्बन्धले बलिउडमा निकै हंगामा गराएको पाइन्छ । उनका अफेयरका विषयलाई लिएर भारतीय सञ्चार माध्यमले निकै गसिप बनाएको पाइन्छ ।


अभिनेत्री दीपिका पादुकोण, कट्रिना कैफ पछि उनको नाम महिरा खानसँग पनि जोडिएको थियो । तर अहिले भारतीय सञ्चार माध्यममा उनको नयाँ प्रेमिकाको बारेमा निकै छाउन थालेको छ ।

 

आजभोलि चारैतिर रणवीर कपूर र आलिया भट्टको चर्चा छ । दुवैबीच अफेयर रहेको कुराले बलिउड तताएको छ । अयान मुखर्जीले निर्देशन गरिरहेको फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङमा यो जोडी व्यस्त छ ।

 

र, सुटिङकै क्रममा नजिकिएका पनि हुन् । कट्रिना कैफसँग ब्रेकअप भएपनि रणवीर सिङ्गल नै छन् । भने केहि समयअघि आलिया पनि सिद्धार्थ मल्होत्रासँग टाढिएकी छिन् ।

 

हालै, रणवीर आलियाको घरमा छिर्दै देखिए । राति ११ बजे आलियाको घरमा गएका उनी बिहान ७ बजे त्यहाँबाट फर्किएका थिए । निर्देशक करण जोहरको कार्यक्रममा आलिया भट्टले रणवीरसँग बिहे गर्न चाहेको इच्छा गरेका थिए ।