अभिषेक र आराध्यासँग मिलेर ऐश्वर्याले गर्दैछिन् यस्तो काम, अमिताभलाई गराइएन सामेल

  • | आइतबार, २८ माघ, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडमा सबैभन्दा बढी चर्चित परिवार हो बच्चन परिवार जहाँ सुपर स्टारदेखि विश्व सुन्दरीसमेत रहेका छन् । र यो परिवार नै  बलिउडमा निकै चर्चामा रहने पनि गर्छ ।


समाचारको अनुसार बच्चन परिवारिक समस्या यतिबेला निकै चर्चामा रहेको छ । यी सबै कुरा भन्दा अलग कुरा भने बच्चन परिवारका नयाँ सदस्यहरु भने अरु नै केहि गरिरहेको कुराले चर्चामा छन् ।


बलिउड अभिनेता अभिषेक बच्चन आफ्नी पत्नी ऐश्वर्या बच्चन र छोरी आराध्यासाग अष्ट्रेलियाको रेस्टुरेन्टमा निकै मस्ती गरिरहेको देखिएका छन् ।

 

एक भारतीय सञ्चार माध्यमको अनुसार ऐश्वर्या अष्ट्रेलियामा आफ्नो कामको सिलसिलामा आएकी थिइन् । उनलाई अष्ट्रेलियाको एक कार्यक्रममा सहभागी हुनुपर्ने थियो । अभिषेक र आराध्या पनि उनको साथमा आएकी थिइन् । यसको साथै उनीहरु जन्मदिन मनाएर मात्र मुम्बई फर्कने स्रोतले बताएको छ ।


सुत्रको अनुसार अभिषेक आनन्द एल रायको फिल्म ‘मनमर्जिया’ को शुटिङमा व्यस्थ हुनुभन्दा पहिले र ऐश्वर्या राकेश ओमप्रकाशको फिल्म ‘फन्ने खा’ को शुटिङ गर्नुभन्दा पहिले आफ्नी छोरी आराध्यासँग समय बिताउन चाहान्थे ।


तर उनीहरुले आफ्ना माता–पितालाई भने यो रमाइलो पलमा किन सामेल गराउन जरुरत ठानेनन् ?