बल्ल खुल्यो गर्भवती भएकी जिया खानको आत्महत्याको सच्चाई

  • | सोमबार, २२ माघ, २०७४
  • | 3 years ago

एजेन्सी । रहस्यमै रहेको बलिउड अभिनेत्री जिया खानको आत्महत्याको वास्तविकता करिब ५ वर्षपछि बाहिरिएको छ । जब उनलाई मृत अवस्थामा भेटियो तब पुलिसले आत्महत्या भएको पुष्टि गरिदिएको थियो ।

 

तर उनकी आमाले उनले आत्महत्या गरेको नभई उनलाई आत्महत्या गर्न कसैले वाध्य पारेको भन्दै रिट दायर गरेकी थिइन् ।


आत्महत्या गर्ने समयमा उनी सुरज पञ्चोलीसँग प्रेम सम्बन्धमा रहेको र उनी गर्भवती समेत रहेको रिपोर्टले बताएको थियो । उनले आत्महत्या गर्नुभन्दा पहिले लेखेको सुसाइड नोटमा उल्लेख भएअनुसार उनका प्रेमी सुरज पञ्चोलीले उनलाई मानसिक तथा शारीरीक यातना दिने गेरको उल्लेख छ ।

 

सन् २०१३ जुनमा उनले आत्महत्या गरेकी थिइन् । भने आत्महत्या गर्नुभन्दा पहिले २ दिन उनी सुरजको घरमा बसेकी थिइन् । जुन दिन उनले घाँटीमा पासो लगाइन् त्यहि दिन विहान उनी आफ्नो घरमा आएकी थिइन ् ।

 

पुलिसले केसलाई आत्महत्याको रुपमा दबाउन खोजेपछि उनकी आमाले हाइ कोर्टमा पुगेर उनीलाई आत्महत्या गर्न वाध्य पारिएको भन्दै निवेदन दिएकी थिइन् ।


हाइकोर्टमा सीबीआईद्वारा केसको विषयमा जाचँ शुरु भयो । करिब पाँच वर्षपछि मुम्बइको एक सत्र अदालतले अभिनेता सुरज पञ्चोलीको विरुद्धमा मंगलबार आरोपित प्रमाणित गर्यो ।


न्यायाधीश केडी शिरभाटले भारतीय दण्ड संहिताको धारा ३०६ को मुताबिक २७ वर्षिय अभिनेताको विरुद्ध आरोप प्रमाणित गरे । अभिनेताले आफूलाई निर्दोष भएको र जबरजस्ती फसाउन खोजिएको आरोप समेत लगाए ।

 

उनका वकिलका अनुसार सुरजले आफूले आफूलाई यस मामिलामा निर्दोष बताएका छन् । आउने १४ फेब्रअरीमा कोर्टले गवाहको परिक्षण गर्नेछ । सुरजले पोलीग्रामी वा ब्रेन मेपिङ टेस्ट गराउन भने इन्कार गरिदिएका छन् ।