फेरि कंगना रनौतले अमिर खानसँग लिइन् दुश्मनी, खोलिन् यस्तो राज

  • | सोमबार, २२ माघ, २०७४
  • | 3 years ago

एजेन्सी । केहि समय अघि बलिउड अभिनेत्री कंगना रनौतका विषयमा भारतीय मिडियाले निकै नै मसला बनाएका थिए, उनी र अभिनेता ऋतिक रोशनको प्रेम सम्बन्धलाई लिएर ।


कंगनाको प्रेम सम्बन्धले उनीलाई बलिउडमा निकै विवादित अभिनेत्रीको संज्ञा मात्र दिएन उनले भाइभतिजाबादको खुलेर गरेको विरोधले उनलाई ‘बोल्ड’ अभिनेत्रीको रुपमा परिचित समेत गरायो ।


ऋतिक रोशनसँग मात्र होइन उनको आदित्य पञ्चोलीसँगको सम्बन्धले समेत निकै नै स्थान पाएको थियो । जुन उनले एक भारतीय कार्यक्रम ‘आपकी अदालत’ मा बताएकी थिइन् ।


यतिबेला भने कंगना र आमिर खान बीचका केहि विवादले भारतीय सञ्चार माध्यमा तातेका छन् । आमिर खानको आउँदै गरेको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ मा कंगनाले काम गर्न अस्विकार गरेकी थिइन् । उनलाई यस चलचित्रमा अफर गरिएको भएपनि उनले ठाडै अस्विकार गरेको जनाइएको छ । जहाँ आमिर सँग सँगै अमिताभ बच्चन , कैटरीना कैफ र फातिमा सना शेख जस्ता कलाकारको अभिनय रहेको छ ।


यसभन्दा पहिले कंगनाले सलमान खानका ‘सुल्तान’, ‘बजरंगी भाइजान’ जस्ता सुपर हिट चलचित्रमा काम गर्न इन्कार गरेकी थिइन् ।