‘बाहुबली’ को रेकर्ड तोड्न सफल ‘‘पद्मावत’, कति कमायो त ?

  • | शनिबार, १३ माघ, २०७४
  • | 3 years ago

एजेन्सी । बिरोध प्रदर्शनको बीच पनि २५ जनवरीमो रिलीज भएको संजय लीला भंसालीको फिल्मको कमाई भने निकै राम्रो रहेको छ । करणी सेनाको धम्कीको बाबजुत पनि दर्शकले संजय लीला भंसाली, दीपिका पादुकोण, शाहिद र रणवीरलाई राम्रै साथ दिएका छन् ।

 

बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार ‘पद्मावत’ ले दोस्रो दिन करीब ३२ करोड कमाएको थियो । फिल्मले पहिलो दिन १९ करोड र रिलीजभन्दा पहिले २४ जनवरीमो भएको प्रिव्यू शोमा करीब ५ करोड कमाएको थियो । जम्मा गरेर यसले ५६ करोड कमाइ गरिसकेको छ ।

 

करीब २०० करोडमा बनेको यस चलचित्रको डिजिटल राइट्स फिल्म मेकर्सले २५ करोडमा बचेको थियो जबकि सेटेलाइट साइट्स ७५ करोडमा बिकेको थियो भने विदेशमा रिलीजको लागि ५० करोडमा सम्झौता गरिएको छ ।

 

यसप्रकार कुल कमाई मिलाएर फिल्मले आफ्नो लागत बजेटभन्दा २०६ करोड कमाइसकेको छ ।


‘पद्मावत’ मा दीपिका पादुकोण रानी पद्मिनीको भूमिकामा देखिएकी छिन् भने शाहिल फिल्ममा राजा रतन सिंहको भूमिकामा देखिएका छन् । साथै रणविर सिंह भने अलाउद्दीन खिलजीको भूमिकामा छन् ।

 
२५ जनवरीमा रिलीज भएको फिल्मको करणी सेनाले विरोध गरिरहेको छ ।


बायाकाँम १८ मोशन पिक्चर्सका प्रोड्युसर र डिस्ट्रीब्यूटर्सको अनुसार एक मिलियन भन्दा बढी भारतीयले मात्र यस फिल्म हेरेका छन् भने पद्मावत ४०० स्क्रीन्समा रिलीज गरिएको छ भने १२०० स्क्रीन्समा पेड प्रीव्यू गरिएको थियो ।