सलमान खानका भाई सोहेल काठमाडौँमा

  • | शुक्रबार, ५ माघ, २०७४
  • | 3 years ago

काठमाडौँ । बलिउड नायक सलमान खानका भाइ एवं अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् ।


उनी आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको पक्का गर्न नेपाल आएका हुन् ।


सोल्टी होटलमा बसेका उनले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने छन् । भोलि होटलमा शुक्रबार बेलुका ४ बजे पत्रकार सम्मेलन हुँदैछ ।

 

यही कन्सर्टमा बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउँदै छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।

 

आयोजकका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् ।

 

कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ ।