विश्वकै सुन्दर नायक बने ऋतिक रोशन

  • | मंगलबार, २ माघ, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड नायक ऋतिक रोशन भन्ने बित्तिकै निलो आँखा, आकर्षक शरीर र उनको डान्सलाई सम्झिन्छन् । उमेरले ४४ वर्ष भए पनि उनको सुन्दरता कमी आएको छैन । ऋतिक रोशनले विश्वकै सबैभन्दा सुन्दर नायकको सूचिमा आफ्नो नाम लेखाएका छन् ।

 

‘वल्र्डस् टप मोस्ट डटकम अनलाइन’ले संसारभरका नायकहरु मध्ये सबैभन्दा सुन्दर १० नायकहरुको नाम सार्वजनिक गरेको छ । जसमा ऋतिक रोशन १ नम्बर सूचिमा परेका छन् ।

 

ऋतिक हलिउड नायक रोबर्ट प्याटिन्सन्स, क्रिस इभान्स, नोह मिल्सलगायत अन्य नायकहरुलाई पछि पार्दै विश्वकै सबैभन्दा सुन्दर नायक बनेका हुन् ।


यस्तै बलिउडका अर्का सुपरस्टार नायक सलमान खान भने सबैभन्दा सुन्दर नायकहरुको पाँचौ नम्बरमा परेका छन् । गएको वर्षको लिस्टमा ऋतिक रोशन तेस्रो स्थानमा थिए भने सलमान खान १० औं स्थानमा थिए ।