के कारणले रोइन् ऐश्वर्या सबैको अगाडी ?

  • | बुधबार, ६ मंसिर, २०७४
  • | 3 years ago

 

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय आजभोलि आफ्नी छोरी आराध्याको जन्मदिनको पार्टीमा व्यस्थ छिन् । साथैै उनले भर्खरै आफ्नो पिताको जन्मजयन्तीको अवसरमा एउटा यस्तो निर्णय गरेकी छिन् जुन सुनेर तपाई अचम्ममा पर्नुहुनेछ ।


उनी सोमबार आफ्नो पिताको जन्मदिन मनाउन आमा वृन्दा राय र छोरी आराध्यासँग स्माइल्स टेन फाउन्डेशन गइन् । जहा ऐश्वर्याले १०० जना बालबालिकाको लागि उपचार खर्च आफैले दिने निर्णय सुनाएकी थिइन् ।

 

उनले सबै बालबालिकासँग मिलेर केक काटेकी थिइन् । र आफ्ना स्वर्गीय पिताको जन्मदिन पनि मनाएकी थिइन् । तर त्यहाँ यस्तो भयो कि जुन देखेर ऐश्वर्या निकै दुखी भइन् ।

 

मिडियाका फोटोपत्रकारहरु उनको पारिवारिक तस्बिर खिच्नको लागि एउटा कोठामा जम्मा भएका थिए । जब उक्त कोठामा ऐश्वर्या आफ्नी छोरीसँग आइन् तब सबै पत्रकार चिच्याउन थाले जसको कारण उनी निकै दुखि भइन् ।


मिडियाले इन्टरनेटमा एक भिडियो शेयर गरेका छन् जसमा ऐश्वर्याले मिडियासँग रिसाउँदै भनेकी छिन्, ‘कृपया यो सबै बन्द गर्नुस् । तपाईहरुलाई काम गर्न आउँदैन ? यो कुनै प्रिमियर शो होइन । यो अस्पताल हो । तपाई जुन ठाउँमा हुनुहुन्छ , त्यस ठाउँको इज्जत गर्न सिक्नुस् । यहाँ साना–साना बच्चाहरु छन् । यो कुनै ‘पब्लिक इभेन्ट’ होइन । कृपया थोरै त इज्जत गर्नुस् । आखिर तपाईहरुको समस्या के हो ?’

 

त्यसपछि उनी आफूलाई सम्हाल्दै आफ्नो पिताको जन्मदिन मनाइन् र त्यहाँबाट गइन् ।