सुपरस्टार शाहरुख खानलाई लाग्यो यस्तो गम्भीर आरोप

  • | शुक्रबार, १ मंसिर, २०७४
  • | 3 years ago

 

एजेन्सी । बलिउडमा कयौँ हिट फिल्म दिएका सुपरस्टार किङ्ग खान शाहरुख खान अप्ठ्यारोमा परेका छन् । समाचारको अनुसार मुम्बईको अलीबागमा शाहरुख खानको लक्जरी घरलाई लिएर उनीमाथि रिट दायर भएको छ ।

 

उनले उक्त घर बनाउँदा नियमको उल्लङ्घन गरेको र कागजातपनि नक्कली बनाएको आरोप लागको हो ।


जानकारीको अनुसार दक्षिण मुम्बईमा समुन्द्रको किनारमा जमिन किन्नको लागि पहिले एउटा कम्पनी खोले र शाहरुख खानले जुन कम्पनी बनाएका थिए त्यसबाट ८.४५ करोड रुपैयाँ ऋण लिएका थिए । साथै उनले कन्स्ट्रक्शनको लागि तटीय क्षेत्रको नियमको पनि नजरअन्दाज गरेका थिए ।

 

शाहरुखले जमिन खेतीपाती गर्नको लागि किनेका थिए । तर उनले नियमको पालना नगरि उक्त जग्गामा आफ्नो बंगला बनाए । सुरेन्द्र धावलेले उरुजी दर्ता गराएका छन् कि शाहरुखले नियमलाई तोडेर र मर्मतको बाहानामा आफ्नो बंगला बनाएका थिए ।

 

उनको बंगला अलीबागमा ५ एकड जमीनमा फैलिएको छ ।