चलचित्र ‘पद्मावती’को बचाउमा सलमान खानले दिए यस्तो बयान  

  • | मंगलबार, २८ कार्तिक, २०७४
  • | 3 years ago

 

एजेन्सी । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीद्वारा निर्देशित चलचित्र ‘पद्मावती’ लामो समयदेखि विवादमा तानिएको छ।


अभिनेत्री दीपिका पादुकोण, रणबीर सिंह र शाहिद कपूरको मूख्य भूमिका रहेको यस चलचित्रको रिलीज रोक्नुपर्ने भन्दै विभिन्न मुद्दा खेपिरहेको छ ।

 

विशेषगरी राजस्थानको राजपुत समुदायले फिल्ममा राजपुत कन्यालाई गलत तरिकाले प्रस्तुत गरिएकाले फिल्म रोक्नुपर्ने माग राख्दै आएका छन्।

 

त्यसोत, यिनै विवादका बीच अभिनेता सलमान खानले भने फिल्मको पक्षमा अभिव्यक्ति दिएका छन् । उनले एक अन्तर्वार्तामा फिल्मका निर्देशक सञ्जय लीला भन्सालीको पक्षमा बोलेका हुन् । उनले सो अन्तर्वार्तामा भन्सालीले कहिल्यै गलत काम नगर्ने र गलत कुरा फिल्ममा पनि नहुने बताएका छन्।

 

सलमानले अन्तर्वार्ताका क्रममा फिल्म नहेरी टिप्पणी र आलोचना गर्नु ठिक नभएको भन्दै यसका लागि सेन्सर बोर्डको निर्णय कुर्नुपर्ने धारणा राखेका छन्।

 

दीपिकाका साथै रनवीर सिंह र शाहिद कपूर अभिनीत फिल्म डिसेम्बर १ तारिखमा रिलिज हुँदै छ।