ऐश्वर्यापछि बच्चन परिवारमा फेरि अर्की बुहारीको ‘इन्ट्री’ ???

  • | सोमबार, २७ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउडका मेगास्टार अमिताभ बच्चनको यी दिनहरुमा निकै चहलपहल देख्न पाइन्छ । अमिताभ लगातार सामाजिक सञ्जालमा एक पछि अर्को पोस्ट गर्नमै व्यस्थ देखिन्छन् ।


जुन देखेर उनका फ्यान निकै उत्साहित पनि छन् । साथै उनलाई कमेन्ट पनि उत्तिकै आइरहेको छ । यसैबीच उनले भर्खरै पारिवारिक जमघटको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।


उनले सेयर गरेका तस्बिरहरु बिहेका हुन् । उनले तस्बिरमा उनको भतिजको बिहे भएको र बुहारी घर आएको खुलासा गरेका छन् । यस कार्यक्रममा पूरा बच्चन परिवार सामेल भएका थिए । अमिताभ बच्चन, जया, अभिषेक, ऐश्वर्या र श्वेता नंदा उक्त कार्यक्रममा सामेल भएका थिए ।