यस फिल्मको दौरान शोषणको शिकार भएकी थिइन् प्रियंका चोपडा

  • | सोमबार, २७ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड तथा हलिउडमा समेत चर्चा बटुलेकी अभिनेत्री प्रियंका चोपडाले फिल्मको दौरान आफू शोषणमा परेको खुलासा गरेकी छिन् ।

 

१७ वर्षपहिले मिस वल्र्ड बनेकी प्रियंका चोपडाले यो अवस्थासम्म पुग्ने कडा मेहेनत गरेकी छिन् । बलिउडबाट करियरको शुरुवात गरेकी उनले हलिउडसम्म पुग्ने निकै संर्घष गर्नुपरेको थियो ।


हालै उनकी आमा मधु चोपडाले उनको बारेमा एउटा राज खोलेकी छिन् । उनले प्रियंका चोपडापनि कास्टिङ्ग काउचको शिकार भएको उनले १० वटा भन्दा बढि फिल्म रिजेक्ट गरेको बताइन् ।


मधु चोपडाले एक अन्तरवार्ताको दौरान प्रियंकाको बारेमा खुलासा गर्दै भनिन् , ‘जब प्रियंका आफ्नो करियरको शुरुवातमा थिइन् तब उनले निकै शोषण सहनुपरेको थियो । तर उनले कुनै पनि कुरामा सम्झोता नगरि अगाडि बढकी थिइन् । 

 

उनले भनिन्, एक डिजाइनरले उनलाई निकै छोटो कपडा लगाउन लगाएको थियो र भनेको थियो , छोटो कपडा नलगाउने भए क्यामराको अगाडि मिस वल्र्डलाई ल्याउनुको के अर्थ ? तर उनले उक्त फिल्म नै छोडिदिइन् ।’