चलचित्र ‘ब्लाइण्ड रक्स’को उड्यो मन गीतमा बेनिशाको कत्थक नृत्य

  • | आइतबार, ३० पुष, २०७४
  • | 3 years ago

काठमाडाैं । नेपाली कथानक चलचित्र ब्लाइण्ड रक्सको ‘उड्यो मन’ बोलको गीत रिलिज भएको छ। गीत भिडियोमा अभिनेत्री बेनिशा हमालको आकर्षक नृत्य देख्न सकिन्छ ।

 

मिलन चाम्सले निर्देशन् गरेको चलचित्रको यस म्युजिक भिडियोमा अभिनेत्री हमालले कत्थक नृत्य प्रस्तुत गरेकी छन्। गीतमा नरेश भट्टराइकाे शब्द, बानिका प्रधानको स्वर र हरि लम्सालको संगीत रहेको छ ।

 

दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनमा आधारित यस चलचित्रमा अभिनेत्री हमालले सृष्टिको भूमिका निर्वाह गरेकी छन्। चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल, लगाएत अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ।

 

फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको निमार्ण निकेश लिम्बुले गरेका हुन् ।

 

हेर्नुहोस् भिडियो: