कांग्रेसको समानुपातिक सुचिमा नेपालका एक मात्र खर्बपति विनोद चौधरीको नाम 

  • | मंगलबार, १४ कार्तिक, २०७४
  • | 3 years ago

काठमाण्डौं । नेपाली कांग्रेसमा प्रवेश गरेका नेपालका एकमात्र खर्बपति विनोद चौधरीको नाम नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा समावेश गरिएको छ ।


काँग्रेसले आइतवार संसोधनसहित बुझाएको सूचीमा चौधरीको नाम रहेको छ। 

 

यसअघि पनि चौधरी एमालेको कोटाबाट सांसद बनिसकेका छन् । तर दोस्रो संविधान सभामा भने सभासद थिएनन् ।


एमाले नेता भरतमोहन अधिकारीमार्फत उनी पहिलो संविधान सभामा सांसद बनेका थिए । पछिल्लो समय उनी कांग्रेस शीर्ष नेताहरुसँग निरन्तर सम्पर्कमा थिए ।


चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक तथा विश्वका धनि समुहमा नेपालका एक मात्र सूचीकृत चौधरी काँग्रेसको कोटाबाट समानुपातिकमा परेको विषय अहिले व्यवसायिक घराना मात्र हैन समग्र व्यवसायिक जगतमा चर्चाको विषय भएको छ।