‘बिजुलीकली’ले जितिन सुन्दरी प्रतियोगिताको उपाधि

  • | आइतबार, १५ पुष, २०७५
  • | 2 years ago


भरतपुर । हात्ती सुन्दरी प्रतियोगिताको उपाधि यस वर्ष ‘बिजुलीकली’ले जितेको छ ।

 

चितवनको सौराहामा जारी १५ औँ हात्ती महोत्सवमा आयोजित प्रतियोगितामा प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई उछिनेर १८ वर्षको ‘बिजुलीकली’ले उपाधि जितेको हो ।

 

प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फस्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेन्ड रनरअप १९ वर्षकी अलिशाकली भइन् ।

 

हात्तीको सरसफाइ, शृंगार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याकंन गरी उत्कृष्ट घोषित गरिएको थियो ।
यसैबीच हात्ती ‘फास्ट वाक’मा ६ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् ।

 

सेमिफाइनलमा सहभागी १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा प्रवेश गरेको हो ।