ओली र मोदीबीच भेटवार्ता

मोदीलाई ओलीको रुद्राक्ष उपहार

  • | शुक्रबार, १७ जेष्ठ, २०७६
  • | 2 years ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री कार्यालय, हैदरावादमा द्विपक्षीय भेटवार्ता भएको हो ।

 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्विटरमार्फत् भारत र नेपालका प्रधानमन्त्रीबीच भएको भेटघाटको तस्बिर सार्वजनिक गरेका छन् ।
उनका अनुसार दुवै देशका प्रधानमन्त्रीले आपसी सम्बन्धलाई अझ गहिराइमा लैजाने र सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए ।

 

ओलीसँगको भेटवार्ताअघि भारतका प्रधानमन्त्री मोदीले बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, मौरिससका प्रधानमन्त्री प्रभिन्दकुमार जुग्नाउथसँग भेटवार्ता गरेका थिए ।

नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि मोदीले भुटानका प्रधानमन्त्री लोटे छिरिङसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
उनी आजै स्वदेश फर्कदैछन् ।