जर्मन सुपर कपको उपाधी बार्यन म्युनिखले जित्यो

  • | आइतबार, २२ साउन, २०७४
  • | 4 years ago

बोरुसिया डर्टमण्डलाई हराउँदै बार्यन म्युनिखले जर्मन सुपर कपको उपाधी जितेको छ । शानिबार राति सम्पन्न खेलमा बार्यनले डर्टमण्डलाई पेनाल्टीमा हराउँदै उपाधीमाथि कब्जा जमाएको हो ।

 

खेलको निर्धारित समयमा दुबै तर्फबाट २–२ गोल भएपछि निर्णय पेनाल्टी मार्फत लिइएको हो । खेलको १२ औं मिनेटमा डर्टमण्डका क्रिस्टियन पुलिसिकको गोल गरेर अग्रता लिएका थिए । तर, १८ औं मिनेटमा बार्यनका रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफ खेल १–१ को बराबरीमा सकियो ।

 

 

दोस्रो हाफमा पनि डर्टमण्डले नै अग्रता लियो ७१ औं मिनेटमा पिएर एमरिक अबामायङले गोल गरे तर, ८८ औं मिनेटमा डर्टमण्डका खेलाडी रोमन बियोर्कीले आत्मघाती गोल गरेपछि खेल २–२ मा पुग्यो ।

 

त्यसपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो । पेनाल्टीमा सेवास्टियन र मार्क बार्टा चुकेपछि बार्यनले उपाधीमाथि कब्जा जमाएको हो । त्यस्तै बार्यनका किमिचले हानेको पेनाल्टी पनि खेर गएको थियो ।