बार्सिलोनालाई स्तब्ध बनाउने तयारीमा चेल्सी, ‘मास्टर माइण्ड’ कोन्टेको यस्तो छ तयारी

  • | मंगलबार, ८ फागुन, २०७४
  • | 3 years ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाविरुद्ध इंलिस क्लब चेल्सीको राम्रो रेकर्ड रहेको छ । यसलाई निरन्तरता दिन पनि चेल्सी आज राति हुने च्याम्पियन्स लिगमा बार्सिलोनालाई कडा टक्कर दिने अपेक्षा राख्न सकिन्छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिग चरणमा यी दुई टोली आज राति आमने सामने गर्दैछन् ।


चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले पछिल्ला १२ खेलमा जम्मा ४ खेल मात्र जितेको छ । बार्साले भने एक खेलमात्र गुमाएको छ ।


प्रिमियर लिगको बलियको क्लबमा परिचीत चेल्सी पछिल्ला सात खेलमा बार्सिलोनासँग पराजित भएको छैन । सन् २०१२ को सेमिफाइनल खेलमा समेत चेल्सीले बार्सिलोनालाई पराजित गरेको थियो ।


केही दिन अगाडि मात्रै हल सिटीलाई ४–० गोलले पाखा लगाएका चेल्सीका प्रशिक्षक बार्सिलोनाविरुद्ध कस्तो ट्याक्टीस लगाउँदै बार्सिलोनालाई हराउँछन् सबैको चासोको विषय बनेको छ ।

 

 

उनले भनेका छन्,‘पछिल्ला दिनहरुमा म सुत्न सकेको छैन । एफए कपपछि त मैले दबाब महसुस गरिरहेको छु ।’


‘जब कुनै तगडा प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्न खोजिरहनु भएको छ भने यसका लागि ठुलै तयारी चाहिन्छ । तपाईले सबै कुराको ख्याल गर्नुपर्छ ।’ उनी भन्छन् ।


‘उनीहरुले धेरैपटक आफ्नो पक्षमा नतिजा पारेका छन् । यसपटक हामीसँग योजना छ । उच्च फर्ममा रहेका खेलाडीलाई खेल्न दिनु नै मेरो पहिलो काम हो । बार्सिलोनालाई पराजित गर्नु नै पर्छ ।’


उता बार्सिलोनाका प्रशिक्षक चेल्सीलाई पराजित गर्न आफुहरु सक्षम रहेको बताएका छन् । बार्सिलोना उच्च फर्ममा रहेको र नतिजा आफ्नै पोल्टामा पर्ने कुरामा ढुक्क रहेको बताएका छन् । ला लिगामा एक खेल पनि नहारेको बार्सिलोनाले इंलिस क्लब चेल्सीमाथि कत्तिको दबाब बनाउन सक्छ सबैको चासोको विषय रहेको छ ।


चेल्सीका इडिन हजार्ड, सेस फ्राब्रिगास, कान्टे, मार्कोस एलोन्सो, पेद्रो उच्च फर्ममा रहेका छन् । त्यस्तै बार्सिलोनाका लियोनल मेस्सी, सुआरेज, सर्जियो रोबट्र्स, फिलिपिन्हो कोउटिन्हो जस्ता खेलाडीहरु फर्ममा रहेका छन् ।