बलात्कारको आरोपमा राजपाका नेता पक्राउ

  • | मंगलबार, १८ मंसिर, २०७५
  • | 2 years ago



सप्तरी । राजपा नेपाल सप्तरीका कोषाध्यक्ष मनोजकुमार मेहता बलात्कारको आरोपमा पक्राउ परेका छन् ।


कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका मेहतालाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको हो ।


राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाइ मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।