बजाजको भविष्यवाणी अफर

  • | शुक्रबार, ६ भदौ, २०७६
  • | 2 years ago



काठमाडौं । दशैं, तिहारको उपलक्ष्यमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज भविष्यवाणी’ सार्वजनिक गरेको छ ।

 

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । अफर अन्तर्गत दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि र किने पछि कति रकम जितिन्छ भनेर पहिल्यै थाहा पाउने अवसर प्रदान गरिनेछ ।

 

बजाजको भविष्यवाणी योजनामा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क््रयाच कार्ड प्राप्त गर्नेछन् । जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्र्याच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउनेछन् ।

 

यस योजना अन्तर्गत ग्राहकहरुले ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् ।

 

यस योजनाको शुभराम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए ।

यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्ने उनको भनाइ छ ।