श्रृंखलाबद्ध सिरिन्ज आक्रमण : नैकापका एक युवा पक्राउ

ढलानको किलाले आक्रमण गरेको बयान

  • | शुक्रबार, १३ आषाढ, २०७६
  • | 2 years ago



काठमाडौं । काठमाडौं उपत्यकामा केहिदिन यता युवतीमाथि श्रृंखलाबद्ध आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

 

प्रहरीले नैकापका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो । बिहीबार राति महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् ।

 

सिरिन्ज आक्रमणको अनुमान गरिएपनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
केही दिनयता काठमाडौंका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।