बिमलसहित चार खेलाडीको कारबाही पुरानै मितिबाट गणना

  • | मंगलबार, ८ पुष, २०७६
  • | 1 year ago


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले विमल घर्ती मगरसहित ४ खेलाडीको कारबाही घटाएको छ ।
समितिले राष्ट्रिय टोलीबाट निकालिएकै मितिबाट निलम्बनको गणना गर्ने निर्णय गरेको हो ।

 

गएको मंसिर २७ गतेबाट लागु हुने गरि एन्फाले विमल, अन्जन विष्ट, दीनेश राजवंशी र सन्तोष तामाङलाई निलम्बन गरको थियो । विमल र दीनेशलाई ९० दिन, अन्जन र सन्तोषलाई ४५ दिन निलम्बनसहित ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

 

मंसिर ३० गते चारै खेलाडीले गल्ति स्वीकार गरिसकेका छन् भने उनीहरुर्ले कारबाही अवधि घटाइदिन कमिटीसँग आग्रह गर्दै निवेदन समेत दिएका थिए ।

एन्फाले कारबाही यथावत राख्दै घटना भएको भोली पल्ट अर्थात् कात्तिक ३० गतेबाट निलम्बनको गणना गर्ने निर्णय गरेको हो ।

 

अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दीनेशको माघको ३० गते हुनेछ । ४ खेलाडीले मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राती नाइट क्लबमा गएर मादक पदार्थ सेवन गरेको भन्दै एन्फाले कारबही गरेको थियो ।