जब राजकुमारले अमिताभको बेइज्जत गरे

  • | शुक्रबार, १२ जेष्ठ, २०७४
  • | 4 years ago

लाइफमाण्डु । बलिउडका कुनै समयका चर्चीत अभिनेता हुन् राजकुमार । उनले बलिउडमा जति पनि फिल्म गरे ति सबै सफल नै रहे ।

 

राजकुमारसँग बलिउडका धेरै अभिनेताहरुले काम गर्ने अवसर पाउँदा आफुलाई ठुलो गर्वको महसुस गर्थे ।

 

आइकोनिक इमेजका कारण पनि उनको बलिउडमा आफ्नै पहिचान रहेको थियो र अझै पनि रहेको छ ।


रिल लाइफमा तथा रियल लाइफमा उनी व्यंग गर्न, मजाक गर्न निकै माहिर मानिने गर्थे । यस्तै उनको मजाकको शिकार भए अमिताभ बच्चन ।


एक पार्टीमा दिलिप कुमार र राजकुमार गफ गरेर बसिरहेका थिए । यसै बखत अमिताभ बच्चन त्यहाँ आइपुगे । राजकुमारले अमिताभको सुटको तारिफ गरे । राजकुमारले तारिफ गरेपछि अमिताभले पनि खुसी हुँदै उक्त सुट किनेको ठाउँ बताउनै लागेका थिए, तर राजकुमारले अमिताभभन्दा पहिला नै आफ्नो व्यंग हानि हाले । उनले भने,‘मलाई घरमा पर्दा सिलाउन थियो । त्यसकारण सोधेको ।’
यो कुरा सुनेपछि अमिताभ केही बोल्न सकेनन तर हाँसिनै रहे । उनले बुझिसकेका थिए कि राजकुमारले मजाक गर्दैछन् ।


उनलाई यो पनि थाहा थियो कि राजकुमारको बोलीलाई लिएर कसैले पनि नराम्रो सोचदैन्थे । उनले पनि उक्त कुरालाई मजाकमा नै लिए ।