उपमहानगरपालिकाको कार्यालयमा अख्तियारको छापा

  • | मंगलबार, २५ मंसिर, २०७५
  • | 2 years ago


जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।

 

पोखरी र बिजुलीको ठेक्कामा अनियमितताको आशंकामा अख्तियारले छापा मारेको हो ।

 

अख्तियारले यी दुई विषयसँग सम्बन्धित सबै फाइलहरु कब्जा गरेको छ ।

 

साथै यो विषयमा विस्तृत छानबिनका लागि सहयोग गर्न आग्रह गर्दै अख्तियार बर्दिबासको टोलीले नगरपालिकाका मेयर लालकिशोर साहलाई कार्यालयमा उपस्थित हुन भनेको छ ।

 

अख्तियारले उपमहानगरपालिकामा कर्मचारी नियुक्तिमा पनि अनियमितता भएको पाइएको भन्दै लेखा प्रमुखलाई समेत कार्यालयमा डाकेको छ ।