विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाउने

  • | शुक्रबार, १४ मंसिर, २०७५
  • | 2 years ago

 

काठमाडौं । विश्व एड्स दिवस देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ ।

 

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भोली(शनिबार) जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताएको हो । डिसेम्बर १ का दिन हरेक वर्ष विश्वभर एड्स दिवस मनाउँदै आइएको छ ।


यसै अवसरमा नेपालले पनि सो दिवस शनिबार देशभर चेतनामूलक कार्यक्रम गरी बनाउन लागिएको केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।
नेपालमा संक्रमितको संख्या ३३ हजार २० रहेको सरकारी तथ्यांक छ । सो मध्ये ५३ प्रतिशत अर्थात १६ हजार ४ सय २८ जनाले मात्र एआएभीमा उपचाररत रहेका छन् ।


सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआईभी तथा एड्स सम्बन्धि कार्यक्रमहरु सञ्चालन भइरहेको छ । यस वर्षको विश्व एड्स दिवसको मूल नारा ‘एचआइभी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ रहेको छ ।
विश्वमा हाल ३ करोड ७० लाख मानिसमा यो रोगको संक्रमण देखिएको छ ।