अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते

  • | सोमबार, २५ चैत, २०७५
  • | 2 years ago


अर्घाखाँची । अर्घाखाँचीमा सोमबार जीप दुर्घटना हूँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
भूमिकास्थान नगरपालिका–८, नुवाकोटको लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जीप दुर्घटना भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन ।

 

घाइतेहरुको अर्घाखाँचीका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सन्धिखर्कबाट प्यूठानको बरौला जाँदै गरेको जीप सडकबाट झन्डै १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।