काठमाडौंबाट छुटेको माइक्रोबस भीरबाट खस्यो

  • | शुक्रबार, १५ मंसिर, २०७४
  • | 3 years ago

काठमाडौं, मंसिर १५ । काठमाडौंबाट गाइघाट जाँदै गरेको माइक्रोबस सिन्धुलीको फिटिङ दोभानमा दुर्घटनामा परेको छ ।


विपरित दिशाबाट आएको मोटरसाइकललार्इ जोगाउन खोज्दा माइक्रो बस र मोटरसाइकल एक आपसमा ठक्कर खाएपछि दुर्घटना भएको हो ।

 

उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा बा ३ ख ८४६७ नम्बरको माइक्रो बसमा रहेका १६ जना यात्रु घाइते भएका छन् । उद्दारका लागि घटनास्थलमा प्रहरी परिचालन भएको छ ।


माइक्रो सडकबाट २५ मिटर तल खोला किनारमा खसेको थियो ।