गर्भपतनको लागि महिलामाथि गरिन्थ्यो यस्तो क्रुर व्यवहार, सहनुपथ्र्यो असहनिय पीडा

  • | शनिबार, १७ चैत, २०७४
  • | 3 years ago

एजेन्सी । प्रविधिको विकाससँगै धेरै कुरामा निकै सुविधा र परिवर्तन बढ्दै गएको छ तर कुनै जमाना यस्तो थियो जतिबेला महिलालाई अनिच्छित गर्भपतन गराउनको लागि अमानविय व्यवहार गरिन्थ्यो जसले महिलाले निकै पीडा सहन बाध्य हुनुपथ्र्यो ।


महिलालाई मानसिकदेखि शरीरिक यातना मात्र होइन मृत्यु समेत हुनसक्ने यस्ता उपाय अपनाएर गर्भपतन गराइन्थ्यो ।


वाशिङग पाउडरको प्रयोग


गर्भपतनको लागि महिलालाई वाशिङग पाउडर खुवाइन्थ्यो ।


उम्लिएको पानीको प्रयोग


महिलालाई उम्लिएको पानीमा नुहाइन्थ्यो जसको कारण महिलाको शरीर जलेर निकै पीडा सहनुपथ्र्यो ।


ट्यान्सीको तेल


ट्यान्सीको तेल एक झारको तेल हो जसको प्रयोगबाट गर्भपतन गराइन्थ्यो जसको कारण महिलाको आन्तरिक अंग कुहिन सक्थ्यो ।


इरगोट खानु


यो गहुँको बिरुवामा पाइने एक प्रकारको किटाणु हो । जसलाई महिलाको गर्भपतनको लागि प्रयोग गरिन्थ्यो । यो यति खतरनाहक हुन्छ कि जसको कारण मानिसको मृत्यु पनि हुन्छ ।


अफीमको प्रयोग

 

अफीम एक प्रकारको लागुपदार्थ हो । जसलाई महिलालाई खुवाएर गर्भपतन गराइन्थ्यो ।


पेटमा हिर्काएर


महिलाको पेटमा कुनै पनि बस्तुले प्रहार गरेर गर्भपतन गराइन्थ्यो ।

 

तारपीनको तेलको प्रयोग


तारपीनको तेल पिउन लगाइन्थ्यो जसको कारण महिलाको शरीर पुरै विग्रीन्थ्यो ।

 

लीचको प्रयोग


गर्भवती महिलाको यौनअंगमा लीज राखिन्थ्यो जसको कारण दर्दनाहक तरिकाले गर्भपतन हुन्थ्यो ।


रातो खुर्सानी


रातो खुर्सानी दुनियाँको सबैभन्दा कडा पिरो मानिन्छ जसलाई खुवाएर गर्भपतन गराइन्थ्यो ।


सीढीँबाट लड्नु


महिलाहरुलाई सीढीँबाट लडाइन्थ्यो । तर यसको कारण कति महिलाको मृत्यु समेत हुन्थ्यो ।