‘मायाको कुरा’ गर्दै गायक आसुतोष राई (भिडयोसहित)

  • | बिहीबार, ७ मंसिर, २०७४
  • | 3 years ago

काठमाडौं, मंसिर ७ । गायक, रचनाकार तथा संगीतकार आसुतोष राईको ‘मायाको कुरा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


यो गीत गायक राईले बजारमा आउन लागेका नयाँ गीति एल्बम ‘जनम जनम २’ मा समावेश गरिनेछ ।


आफ्नै शब्द र कम्पोजमा गायक राईले आफैले स्वरबद्ध गरेका छन् भने उनलाई गायिका रेहाना मगरले साथ दिएकी छन् ।


गायक राईको यस गीतमा फणिन्द्र राईको एरेञ्ज तथा अनिल कटवालको सम्पादन रहेको छ । ‘मायाको कुरा’ गीतको भिडियोमा मही र प्रकाशको फिचरीङ रहेको छ ।


भिडियोलाई बबिता गहतराजले निर्देशन गरेका हुन् ।

 


हेर्नुस् भिडियो :