भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

एक प्रहरी र एक विप्लव कार्यकर्ताको मृत्यु

  • | बुधबार, २५ आषाढ, २०७६
  • | 6 days ago


भोजपुर । भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ ।

 

बुधबार बिहान दुई पक्षबीच भिडन्त हुँदा प्रहरीका एक तथा विप्लव समूहका एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अुनसार भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लवका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको छ ।

 

विप्लव समूहका कार्यकर्ता र प्रहरीको भेट हुँदा विप्लव समूहका कार्यकर्ताले गोली हानेपछि जवाफी कारबाहीका रुपमा गोली हानेको बताइएको छ ।