केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाखमा

  • | आइतबार, २६ फागुन, २०७५
  • | 2 months ago


काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाखमा हुने भएको छ ।  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले वैैशाख १० गतेदेखि १३ गतेसम्म सो प्रतियोगिताका आयोजना गर्न लागेको हो । प्रतियोगितामा ६ टिमको सहभागीता रहनेछ ।

 

प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी साविक विजेता एपीएफ, होङगान्जी न्यूडायमण्ड, नेपाल पुलिस, नेपाल आर्मी, पश्चिमाञ्चल भलिबल संघ र जाउलाखेल भलिवल प्रशिक्षण केन्द्रले लिगकम नकआउटका आधारमा खेल्ने जानकारी गराएको छ । प्रतियोगिताको केएनपी जापानको मुख्य प्रायोजन रहनेछ ।

 

प्रायोजनसम्बन्धी आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र शेरबहादुर प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।

 

प्रतियोगितामा उपाधि विजेताले २ लाख तथा उप विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । तेस्रो हुने टिमलाई ५० हजार पुरस्कार व्यवस्था गरिएको छ । यसैगरी प्रत्ययेक खेलको वमन अफ दी म्याच घोषणा गर्ने र खेलाडीलाई नगद ५ हजार सहित आकर्षक ट्रफी प्रदान गर्ने पनि जनाइएको छ ।