युएईका प्रधानमन्त्रीको श्रीमतीले देश छाडिन

  • | सोमबार, १६ आषाढ, २०७६
  • | 2 weeks ago


यूएई । यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मखतुमकी श्रीमती हया बिन्त अल हुसैनले देश छाडेकी छिन् । प्रधानमन्त्री मकतुमकी उनी छैठौँ श्रीमती हुन् । हयाले आफ्नो साथमा दुई बच्चा र २ अर्ब ७१ करोड (३.१ करोड पाउण्ड) लिएर गएको बताइएको छ ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार हया अहिले लन्डनमा छिन् । उनलाई दुबईबाट बाहिर निस्कन जर्मनी दूतावासले सहयोग गरेको बताइएको छ ।
जर्मनी गएर उनले त्यहाँ राजनीतिक शरणको माग पनि गरेकी थिइन । त्यसका साथै त्यहीँबाट हयाले आफ्ना श्रीमान मकतुमसँग सम्बन्धविच्छेदको माग पनि गरेकी थिइन् ।

 

हया जोर्डनका राजा अब्दुल्लाको सौतेनी बहिनी हुन् । अक्सफोर्डमा पढेकी हया २० मे पछि भने सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा देखिन छाडेकी छिन् ।