यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल फाइनलमा

  • | सोमबार, २३ आषाढ, २०७६
  • | 1 week ago


काठमाडौं । यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा पुगेको छ ।  मलेसियामा जारी प्रतियोगिताको सोमबारको खेलमा घरेलु टोली मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

 

नेपालले उपाधिको लागि सिंगापुर वा हङकङ मध्य एकसँग खेल्नेछ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ । ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको छ ।