यू–१९ विश्वकप एशिया छनोटमा नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

  • | सोमबार, २ बैशाख, २०७६
  • | 4 days ago


काठमाडौं । आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत आजको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

 

मलेसियाको क्वालालम्पुरमा भएको आजको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको हो ।  टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनाएको थियो ।

 

नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए ।  यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए ।
मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडेका थिए ।

 

यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।
सानो लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सराफ ब्यक्तिगत १९ रनमा आउट भए । उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे ।

 

दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जीत दिलाएका थिए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे ।