टिभिएसको ‘सात छ’ हाम्रो अफर

  • | बुधबार, १३ चैत, २०७५
  • | 3 weeks ago

काठमाडौंः जगदम्बा मोटर्स, अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध संस्था हो । यसले दुई तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता, ले नव वर्ष २०७६ को अवसरमा केन्द्रित रहि आफ्नो टिभिएस ‘सात छ हाम्रो’ अफर आफ्ना अमूल्य ग्राहकहरु सामु विस्तार गरेको छ ।

 

नयाँ वर्षको सुनौलो सुरुवात टिभिएसको साथ मनाउन र शुभकामना स्वरूप सोअफर ग्राहकहरुको माझ ल्याइएको कम्पनीले बताएको छ । त्यसो त हरेक दुई पांग्रे सवारी प्रेमीहरुको एक मात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टिभिएसको ‘सात छ हाम्रो’ अभियान टिभिएसले दुई वर्ष अघि परिचित गराएको थियो जसले टिभिएस आफ्नो ग्राहकहरुको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो ।

 

यही २०७५ चैत्र ११ गते देखि सुरु हुने उक्त अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा रु ७,००० को श्योरशट नगद छुटको व्यवस्था गरिएको जनाएको छ । यस अफरले स्क्र्याच कुपनको झन्झजट हटाइ ग्राहकहरुको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको समेत कम्पनीले जनाएको छ ।

विज्ञप्तिमा जगदम्बा मोटर्सले भनेको छ— आगामी २०७६ वैशाख मसान्तसम्म लागु हुने उक्त अफरबाट लाभान्वित हुन टिभिएसका अधिकारीहरु सारा ग्राहकहरुलाइ विनम्र आग्रह गर्दछौं ।
टिभिएसले आफ्नो सात भिन्नाभिन्नै सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टी, अनस्पट पÞmाइनान्स, अन द स्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य विभिन्न सेवाका फाइदाहरु दिदै आएको छ । उक्त आठ सीसी मध्य ड्याज, जेस्ट, विगो कम्बो, ११० सीसी अन्तर्गत पर्छन साथै १२५ सीसी अन्तर्गत जुपिटर क्लासिक, एण्टोर्क र स्ट्राइकर, १५० सीसी अन्तर्गत अपाचि आरटीआर १५० २ भी भी २, १६० सीसी अन्तर्गत अपाचि आरटीआर १६० २ भी भी २ र अपाचि आरटीआर १६० ४ भी, १८० सीसी अन्तर्गत अपाचि आरटीआर १८०, २०० सीसी अन्तर्गत अपाचि आरटीआर २०० ४ भी भी २, र ३१० सीसी अन्तर्गत अपाचि आरआर ३१० रहेका छन् ।

 

देशभर फैलिएको सेवा तथा बिक्री केन्द्रहरुमा अनुभवी र दक्ष हातहरुको गुणस्तरीय सेवाले हरेक ग्राहकलाइ खुसि र सन्तुष्टिको अनुभव गराउने प्राथमिकता टिभिएसले आफ्नो थालनीको दिन देखिनै जोड दिदै आएको छ । ग्राहकहरुको टिभिएसका उत्पादनहरु प्रतिको माया र समर्थनलाइ यस अफर मार्फत आभार व्यक्त गरेको छ । टिभिएसले आउने दिनहरुमा ग्राहकहरुको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न अफर र कार्यक्रमको आयोजना गर्ने उद्देश्य लिएको समेत कम्पनीले जनाएको छ ।