आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : सभामुख महरा

  • | मंगलबार, १ माघ, २०७५
  • | 2 months ago


काठमाडौं । सभामुख कृष्णबहादुर महराले देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउका छन् ।

 

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२ औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बाल्दै सभामुख महराले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।  उनले भने, ‘विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले धार्मिक पर्यटकीय दृष्टिकोणले पनि नेपाल महत्वपूर्ण गन्तव्यका रुपमा रहेकाले यसको प्रवद्र्धनमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गरे ।

 

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढे मात्र पर्यटन क्षेत्रको विकास हुने बताए ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले विशाल जनसंख्या भएका भारत र चीनको पर्यटक ल्याउन सकेमात्र पनि पर्यटन क्षेत्रले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष पाण्डेले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताए ।