टोयोटाको ‘टोयोटा रस रोड शो’

  • | बुधबार, १५ फागुन, २०७५
  • | 5 months ago


काठमाडौं । टोयोटाले ‘टोयोटा रस रोड शो’ आयोजना गरेको छ । टोयोटाका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले ७ दिन लामो शो सम्पन्न गरेको हो ।

 

कार्यक्रम काठमाडौं–चितवन–बुटवल–काठमाडौंको रुटमा आयोजना गरिएको थियो । फागुन ८ गते सुरु कार्यक्रममा ग्राहकहरुलाई करिब १७० किमिको यात्रा गराइएको थियो ।
चितवन र बुटवलका उपभोक्तालाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै सहरमा अवस्थित अटोवेजमा शोरुम इन्टर्याक्सन पनि गरिएको थियो ।

 

यस रोड शोमा १० वटा टोयोटा गाडी बुकिङ भएका थिए । सो अवसरमा उपभोक्तालाई न्यूनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्स्योरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारलगायत सुविधा प्रदान गरिएको बताइएको छ ।