हिरासतमा रहेका थुनुवा फरार

  • | मंगलबार, २४ आषाढ, २०७६
  • | 1 week ago

 

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । फरार हुनेमा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना छन् । उनीहरु राति हिरासतको ग्रिल उप्काएर फरार भएका हुन् ।

लागूऔषध र चोरी घटनामा थुनामा रहेका अभियुक्त फरार भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन् । घटनामा प्रहरी पनि शङ्काको घेरामा परेका छन् । उनीहरूलाई निलम्बन गर्ने तयारी भइरहेको छ ।

‘प्रहरी पनि शङ्काको घेरामा छन् । यस्तो घटना हुँदा कसरी थाहा पाएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई नियन्त्रण लिएर निलम्बनको प्रक्रिया अगाडि बढाएको एसपी सिंहले बताइने ।