थापा र बुढालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • | मंगलबार, १ माघ, २०७५
  • | 1 year ago


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लोकेन्द्रराज थापा र केशवबहादुर बुढालाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

 

न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सो पार्टी निकट ट्रेड युनियनका थापा र बुढालाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘उचित र पर्याप्त कारण उल्लेख गरेको नदेखिँदा थुना कानुनबमोजिम नभई गैरकानुनी भएको देखिँदा थुनामा राख्न नपर्ने भएकाले निजहरूलाई थुनामुक्त गरिदिनु ।’

 

महानगरीय अपराध महाशाखा काठमाडांै टेकुले गएको पुस १९ गते अभद्र व्यवहार गरेको सम्बन्धी आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो ।
सर्वोच्चको आदेशमा थापा र बुढाले अभद्र व्यवहार गरेको भन्ने उचित र पर्याप्त कारण नभएको उल्लेख छ ।