ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा

  • | आइतबार, २६ जेष्ठ, २०७६
  • | 1 week ago


काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् ।  परिषद्को आइतबार बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका उम्मेद्वार अर्जुनलाल प्रधानलाई पराजित गर्दै राणा निर्वाचित भएका हुन् ।

 

अध्यक्ष राणाले ३ सय ३३ मत ल्याएका थिए भने प्रधानले २ सय १३ मत ल्याएका थिए ।
यस्तै अध्यक्षकै अर्का दाबेदार समीर गुरुङले ३६ मत ल्याएका थिए ।  यस्तै उपाध्यक्षमा राणा समूहबाट राजुमान डंगोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन् । महासचिवमा राणा समूहकै धुव्र अधिकारी निर्वाचित भएका छन् ।

 

सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भएका छन् ।  यस्तै सदस्यमा भने राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।