टेलिकमको दशैं विशेष अफर

  • | सोमबार, १३ असोज, २०७६
  • | 1 year ago


काठमाडौं । नेपाल टेलिकमले दशैँको अवसरमा आकर्षक अफर ल्याएको छ ।  टेलिकमले कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुटको व्यवस्था गरेको हो ।

कम्पनीले फोरजीरएलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आइतबारदेखि नै लागू भएका छन् ।

टेलिकमका अनुसार फोरजीरएलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने कम्पनीले जनाएको छ । ग्राहकले स्टार ४४४ ह्यास डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

पहिलो पटक फोरजीरएलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले स्टार ४४४ ह्यास डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिने छ । पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।