बिहीबारदेखि चौथौ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प

  • | मंगलबार, १७ मंसिर, २०७६
  • | 8 months ago


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङको आयोजनामा बिहीबारदेखि चौथौ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प हुँदैछ ।
शनिबारसम्म चल्ने तीन दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुन लागेको हो ।

 

यो सर्भिस क्याम्पमा टाटा मोटर्सका व्यापारिक गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडी जाँच गराउन पाउने कम्पनीले जनाएको छ । ग्राहकले सर्भिस क्याम्पमा सहभागी हुन ९८०१२२३३०० मा ‘मिसकल’ दिएर दर्ता गर्न सक्नेछन् ।

 

कम्पनीका अनुसार सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट तथा एक्साइड ब्याट्रीमा छुट दिइनेछ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य जाँच गर्ने जनाएको छ ।

कस्ता छन् सर्भिस क्याम्पमा सुविधा ?

-निःशुल्क ४७ पोइन्ट्स चेकअप
-निःशुल्क कम्प्युटर डायग्नोसिस
-निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण, एफआईपी परीक्षण
-निःशुल्क टायर परिक्षण र प्रदूषण जाँच
-निःशुल्क लन्च सुविधा
-गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू
-दैनिक लक्की ड्र तथा मोबाइल फोन जित्ने मौका
-बम्पर लक्की ड्र