टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प हुँदै

  • | शुक्रबार, १३ मंसिर, २०७६
  • | 10 months ago


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ शुरु हुँदैछ ।
यहि मंसिर १९ देखि २१ गतेसम्म नेपालभर रहेका सिप्रदीका ५३ वटै सर्भिस सेन्टरमा एकैसाथ ग्लोबल सर्भिस क्याम्प हुन लागेको हो ।

 

टाटा मोटर्सले हरेक वर्ष संसारभरी रहेका आफ्ना सम्पूर्ण ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्यले ग्लोबल सर्भिस क्याम्प गर्दै आएको छ ।
विश्वभर एकैसाथ हुने टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो नेपालमा चौथो संस्करण हो ।

 

क्याम्पमा टाटा कमर्सियल भेइकलको निःशुल्क सर्भिस गरिन्छ साथै एक्साइड ब्याट्री, म्याकलुब्रिकेन्ट्स र टाटा जेन्युइन स्पेयर पार्टस, टायरलगायतका एसोसेरिजमा विशेष छुट प्रदान गरिने सिप्रदी ट्रेडिङ प्रालिले जनाएको छ ।

 

यसैगरी क्याम्प अवधिमा ग्राहकले निःशुल्क सवारी जाँच सेवाहरु, विशेष ट्रेनिङ, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमलयागतका अन्य थुप्रै आकर्षक सेवा तथा सुविधाहरु पाउन सक्नेछन् ।गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्पमा ग्राहकको स्वास्थ्य परीक्षण गर्नुको साथै रक्तदान कार्यक्रम पनि गर्ने योजना रहेको छ ।